साकेला गाउँपालिकाले लेटरप्याडमा कोशी प्रदेश नलेख्ने
खोटाङ। खोटाङको साकेला गाउँपालिकाले लेटर प्याडमा कोशी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको छ।
१ नम्बर प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर समूहले आन्दोलन चर्काइरहेका बेला साकेला गाउँपालिकाले आफ्नो लेटर प्याडमा कोशी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको हो। जेठ १४ गतेको कार्यपालिका बैठकले पालिकाभित्र प्रयोग गरिने लेटर प्याडमा कोशी उल्लेख नगर्ने निर्णय गरेको हो।
कोशी प्रदेश नामाकरण लगत्तै विरोधमा उत्रिएको किरात राई यायोक्खा खोटाङले संघ संस्थादेखि राजनैतिक दल सम्मलाई साइनबोर्ड, लेटर प्याड र छापमा कोशी प्रदेश नलेख्न आग्रह गरेको थियो।
पहिचान पक्षधर समुहको सेन्टीमेन्ट बटुल्नका लागि जिल्लाका विभिन्न स्थानीय तहले पनि लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोशी प्रदेश नलेख्ने निर्णय गरेका छन्। स्थानीय तहभित्र प्रयोग हुने लेटर प्याडमा कोशी उल्लेख नगरे पनि प्रदेश र संघमा पठाइने लेटर प्याडमा भने कोशी नै उल्लेख गर्ने गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment