बंशजको नागरिकता निरन्तरता नभए आन्दोलनमा उत्रने चेतावनी

डिसी नेपाल
१६ जेठ २०८० ७:०७

गैर आवासीय नेपाली संघ (एनआरएन) युकेका अध्यक्ष प्रेम गाहामगरले नेपाल सरकारले एनआरएनहरुलाई वंशजको नागरिकताबाट बन्चित गर्ने प्रयास गरेमा एनआरएनहरुले नेपालबाटै आन्दोलन शुरु गर्ने चेतावनी छन्।

एनआरएनएले लामो समयदेखि आफ्ना सदस्य र सन्तानहरुको हकमा नेपाली नागरिकताको निरन्तरताको माग गर्दै आएको र यो मुद्वामा राजनीतिक तहबाट बारम्बार प्रतिवद्धता जनाएपनि कार्यान्वयनमा लैजान सरकारले वेवास्ता गरेका कारण अब नेपाल र विदेशमा रहेका नेपाली रजदूतावास घेर्ने र दवाव दिने रणनीतिमा आफूहरु रहेको अध्यक्ष गाहामगरले जानकारी दिए।

युकेको अल्डरसटमा आयोजित विशेष महाधिवेशनमा अध्यक्ष गाहामगरले विश्वमा छरीएर रहेका नेपलीहरुले आफ्नो सिप क्षमता प्रस्तुत गरेर विश्वमा नेपालको उच्च नाम राखेको हुँदा देश विकास र निकासको लागि बिदेशमा सिकेको ज्ञान र सिपलाई आफ्नो जन्मभुमिमै प्रयोग गर्न पाउनुपर्ने र त्यसका लागि आफ्ना नागरिकलाई पराई नभनि नेपाल सरकारले वंशजको नागरिकता निरन्तरताको बातावरण बनाइदिनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी एनआरएनए पूर्व अध्यक्ष डा. शेष घले,योगेन क्षेत्री पूर्व उपाध्यक्ष सोनाम लामा लगायतका वक्ताले वंशजको नागरिकताको निरन्तरताले एनआरएनले आफ्नो जन्मभुमि नेपालमा सामाजिक, आर्थिक सांस्कृतिक एवं नेपालको समस्या समाधान गर्न, समृद्ध राष्ट्र बनाउन पनि वंशजको नागरिकता निरन्तर हुनपर्ने आवाज उठाएका थिए।

पूर्व अध्यक्ष योगेन क्षेत्रीले वंशजको नागरिकताको विकल्प गैरआवासीय नागरिकता हुननसक्ने भन्दै वेलायतबाट अभियान शुरू भएको घोषणा गरेका छन्। अभियानको निरन्तरतास्वरुप क्षेत्रीले वेलायतमा बसोबास गर्ने बुद्धिजीवी ,नेपालमा रहेका बिभिन्न सामाजिक संघसंस्था नागरिक समाज, मानवाधिकारर्मी लगायतको सहयोगमा नेपालका राजनीतिक दलहरुलाई दवाव सृजना गरिदिन आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *