आजकाे विदेशी मुद्राको विनिमय दर, क्यानेडियन डलर ९८.४४ रूपैयाँ पुग्याे
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ९१ पैसा र बिक्री दर १३२ रूपैयाँ ५१ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ३५ पैसा र बिक्री दर १४१ रूपैयाँ ९९ पैसामा किनबेच हुनेछ। बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ८७ पैसा र बिक्री दर १६३ रूपैयाँ ६१ पैसा तथा क्यानेडियन १ को खरिददर ९७ र बिकी दर ९८.४४ रहने छ।
यता, क्यानेडियन १ को खरिददर ९७ र बिक्री दर ९८.४४ मा काराेबार हुनेछ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँ रहने छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.६४ रुपैयाँ रहेको छ भने बिक्री दर २९.७८ रुपैयाँमा किनबेच हुनेछ।
साउथ कोरियन वन १०० को खरिददर १२.१७ रुपैयाँ छ भने बिक्री दर १२ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comment