किन हुन्छ पुरुषमा भन्दा महिलामा बढी थाइराइड ?

डिसी नेपाल
१६ जेठ २०८० ११:५०

काठमाडौं। प्रायः पुरुषको तुलनामा महिलालाई थाइराइडको समस्या बढी हुने गरेको देखिन्छ । यसका धेरै कारणहरू छन् जुन तिनीहरूको हार्मोनल स्वास्थ्य, जीवनशैली, गर्भावस्था र रजोनिवृत्तिसँग सम्बन्धित हुने गर्दछ। यी सबै अवस्थाहरूले थाइरोइड रोगलाई ट्रिगर र निम्त्याउन सक्छ।

सामान्य भाषामा थाइराइड भनेको गलगाँड हो । थाइराइड भनेको एउटा ग्रन्थी हो । यो एउटा सानो पुतली आकारको अङ्ग हो । यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । सोही हर्मोनले नै हाम्रो शरीरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । तसर्थ सजिलोका लागि थाइराइड ड्राइभर हो भने हाम्रो अन्य अङ्ग मोटर हो । थाइराइड हाम्रो शरीरको अत्यन्तै महत्वपूर्ण अङ्ग हो ।

महिलाको शरीरमा थाइराइड हर्मोन द्रुत गतिमा बढ्न र घट्न थाल्छ । यसले मेटाबोलिक गतिविधिमा परिवर्तन ल्याउँछ, जसका कारण तपाईं मोटोपन वा पातलोपनको शिकार हुन सक्नुहुन्छ। तर, हाइपोथाइराइडिज्म अधिकांश महिलाहरूमा देखिन्छ, जसमा धेरै प्रकारका लक्षणहरू देखिन्छन्।

महिला वंशाणुगत इतिहास रोग प्रतिरोधात्मक क्षमतामा ह्रास धुम्रपान, गर्भवती अवस्था, गलगाँड तथा घाँटीमा धेरै गिर्खा भएको अवस्था, क्यान्सर तथा विकिरण उपचार गरेकाहरू हाइपरथाइराइडिज्मु हुनसक्ने जोखिम समूहमा पर्छन्। दुर्घटना वा चोटपटकबाट घाँटीमा गम्भीर असर परेमा थाइराइडको समस्या हुनसक्छ।

प्रौढ उमेर, महिला, वंशाणुगत इतिहास, पहिले थाइराइडसम्बन्धी रोग भएका (गलगाँड, ग्रन्थिको शल्यक्रिया वा विकिरण चिकित्सा), दीर्घरोगीहरू जस्तै मधुमेह, रक्तअल्पता, रोग प्रतिरोधात्मक क्षमता कमी भएका, ढिके नुन सेवन गर्नेहरुमा हाइपोथाइराइडिज्मुको जोखिम समूहमा पर्छन्। ६० वर्षभन्दा बढीका करबि २० प्रतिशत महिलालाई यो रोगका केही लक्षणहरू देखिन्छन्, तीमध्ये प्रतिवर्ष २.५ प्रतिशत महिलालाई यो रोग लाग्छ।

महिलाहरुमा हाइपोथायरायडिज्मको लक्षण
हाइपोथायराइडिज्म, जसलाई अन्डरएक्टिभ थाइरोइड पनि भनिन्छ। तब हुन्छ जब थाइरोइड ग्रंथिले तपाईंको शरीरको आवश्यकताहरू पूरा गर्न पर्याप्त थाइरोइड हर्मोन बनाउँदैन। यसका कारण शरीरमा धेरै प्रकारका लक्षणहरू (महिलाहरूमा हाइपोथाइराइडिज्म लक्षण) देख्न सकिन्छ।
लक्षणहरु

–सधैं थकित हुनु
–धेरै चिसो वा तातो महसुस
–छिटो वजन बढ्ने
–कब्जियत
–अवसाद
–मांसपेशी दुखाइ र कमजोरी

थाइराइडबाट बच्न के गर्नेः
थाइराइडबाट बच्न पहिले आफ्नो जीवनशैली सुधार्नुहोस्। यसका लागि भिटामिन सी र भिटामिन ए युक्त खानेकुराको सेवन गर्नुपर्छ । जस्तै गाजर, अण्डा, खुबानी, पालक, गाजर आदिको सेवन गर्नुपर्दछ। यसबाहेक समयमै ब्रेकफास्ट लिनुहोस् र व्यायाम गरिरहनुहोस्। यसबाहेक वर्षमा एकपटक थाइराइड परीक्षण गराउनुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *