जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

डिसी नेपाल
१६ जेठ २०८० १२:२५

कञ्चनपुर। कञ्चनपुरको भिमदत्त नगरपलिका-४ बसपार्कमा जुवातास खेलिरहेको अवस्थामा १० जना प्रहरीले पक्राउ गरेको छ।

भिमदत्त नगरपलिका-४ बसपार्कस्थित रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३८ वर्षीय प्रकाश थापासमेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ र ६ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *