सर्पको टोकाइबाट सिन्धुलीमा एकै परिवारका दुई बालकको मृत्यु
काठमाडौं। सर्पको टोकाइबाट सिन्धुलीमा दुई जनाको बालकको मृत्यु भएको छ।
मंगलबार विहान सिन्धुलीको दुधैली नगरपालिका-१ कुर्थौलीका गणृश पहाडीका दुई छोरा १३ वर्षका ग्रिस पहाडी र तीन वर्षका ग्रिष्म पहाडीको निधन भएको प्रहरीले जनाएको छ।
उनीहरु सुतिरहेको बेला सर्पले टोकेको र उनीहरुलाई उपचारका लागि दुधैली-५मा रहेको सिर्थौली अस्पताल लगिएको थियो।
त्यहाँ उपचार संभव नभएपछि जनकपुस्थित जानकी हेल्थ केयर अस्पताल लैजाँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment