महोत्तरीमा दिनदहाडै बैंक लुटियो

डिसी नेपाल
१६ जेठ २०८० १५:०९

जलेश्वर । महोत्तरीमा एक समूहले दिनदहाडै बैंक लुटेका छन् । महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा आज १२ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ ।

सोमबार बैंकमा प्रवेश गरेका हतियारधारी समूहले काउन्टरमा पेस्तोल देखाएर ३८ लाख रुपैयाँ लुटपाट गरेको महोत्तरी प्रहरी प्रबक्ता एवं डिएसपी दिलीप कुमार गिरिले जानकारी दिए ।

प्रहरीका अनुसार १२ बजेको समयमा चारजनाको एक समूहले काउन्टर पेस्तोल देखाएर ३८ लाख रुपैयाँ लुटेर फरार भएको छ । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरी बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । अहिले प्रहरीले उनीहरूलाई खोजी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *