विदेश पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

डिसी नेपाल
१६ जेठ २०८० २१:०९

काठमाडौं । सर्बिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–५ घर भई हाल काठमाडौं–३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी रहेका छन् ।

उनले मासिक एक लाख तलब हुने आश्वासन देखाएर चार जनाबाट १२ लाख रुपैयाँ लिएर फरार भएका थिए । उनले प्रतिव्यक्ति साढे ५ लाख रुपैयाँ लाग्ने बताएर रकम ठगी गरेर फरार भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई काठमाडौं–९ सिनामंगलबाट पक्राउ गरी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *