‘मुलुकलाई राजनीतिक निकास दिन रेशम चौधरीको रिहाइ’

डिसी नेपाल
१६ जेठ २०८० २२:२८

मोरङ । सङ्घीय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू देशलाई राजनीतिक निकास दिन रेशम चौधरीलाई रिहा गरिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कहिलेकाहीँ केही अप्रिय लाग्ने घटनाको बाध्यात्मक अवस्था आएको कारणले मुलुकलाई निकास दिनका लागि रिहाइको निर्णय गरिएको स्पष्ट पारे ।

मन्त्री लिम्बूले थरुहट आन्दोलनका समयमा चौधरी संलग्न थियो कि थिएन यो महत्वपूर्ण भएको हो भन्दै यसैका आधारमा सरकारले निर्णय गरेको जानकारी दिए । उनले उक्त घटनामा परिवारका सदस्य गुमाएका परिवारलाई पुगेको दुःख अनुभव गरेको भन्दै पूर्ववर्ती सरकारले समेत चौधरीलाई छोड्ने तयारी गरेको अवस्थामा वर्तमान सरकारले कार्यान्वयन मात्र गरेको बताए ।

मन्त्री लिम्बूले युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा पार्नका लागि समयानुकूल ऐन नियम परिमार्जन गरी अगाडि बढ्ने धारणा राखे । उनले ठूलो युवा समूहसँग जोडिएको यो मन्त्रालयलाई आगामी दिन सुधार गरी लैजाने स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *