रक्सौलको पाइपलाइन चितवनसम्म पुर्याउने, अब सिलगुडीदेखि झापासम्म पनि बनाउने
नयाँ दिल्ली। नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत सहमत भएको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गरिने जानकारी दिएका हुन्।
रक्सौलदेखि अमलेखगञ्जसम्म रहेको पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्याउने प्रधानमन्त्री मोदीको भनाइ छ। साथै सिलगुडीबाट झापासम्म पनि पेट्रोलियम पदार्थको पाइपलाइन बनाउने उनले जानकारी दिए।
चारदिने भारतको औपचारिक भ्रमणका लागि बुधबार दिल्ली पुगेका प्रधानमन्त्री दाहाल र मोदीबीच बिहीबार भेटवार्ता भएको हो। भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।
प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किने कार्यक्रम छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment