महाकाल मन्दिर दर्शन गरेपछि सारा अली खान ट्रोल, दिइन् यस्तो जवाफ

डिसी नेपाल
१८ जेठ २०८० १५:३८

काठमाडौं । उज्जैनको महाकाल मन्दिरको दर्शन गरेपछि अभिनेत्री सारा अली खानलाई सामाजिक संजालमा ट्रोल गरिएको छ । त्यसपछि उनले यसबारेमा बोलेकी छिन् ।

उनले भनेकी छिन्, ‘यो मेरो व्यक्तिगत विश्वास हो, म उत्तिकै भक्तिसाथ अजमेर शरीफ जान्छु, जति भक्तिसाथ म बंगला साहिब र महाकाल मन्दिर जान्छु र गइरहन्छु । जो बोल्न चाहन्छ बोल्न सक्छ, मलाई कुनै समस्या छैन।’

सारा अली खानको फिल्म ‘जरा हटके जरा बचाके’ रिलिज हुन लागेको छ, जसलाई लिएर उनले देशभर प्रचार गरिरहेकी छिन् ।

यसै सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले ट्रोलिङको विषयमा आफ्नो मौनता तोडिन् । उनले हालै उज्जैनको महाकाल मन्दिरको दर्शन गरेपछि एक वर्गले उनको आलोचना गरेको थियो ।

साराले भनिन्, ‘म आफ्नो कामलाई निकै गम्भीरतापूर्वक लिन्छु । म जनताको लागि काम गर्छु.. यदि तपाईलाई मेरो काम मन पर्दैन भने मलाई नराम्रो लाग्छ तर यो मेरो व्यक्तिगत विश्वास हो । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि तपाइँलाई त्यहाँको ऊर्जा मन पर्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *