आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
ईलाम। आफ्नै बुबा हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाल रहेका छन्।
दिपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद भई कुटपिट गर्दा ७० वर्षीय बुबा लोक बहादुर कुमाल गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका बुबा कुमालको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दिपकलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment