अवैध रुपमा लुकाई छिपाई लैजान लागेका अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ

डिसी नेपाल
१९ जेठ २०८० १३:२४
28
Shares

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा बाह्यय मुलुक लैजादै गरेको अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका-१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोष कुमार चौधरी रहेका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा बाह्यय मुलुक लुकाई छिपाई लैजान लागेको ८ हजार ७ सय अमेरिकी डलरसहित चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट बैङलोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *