गायक गोकुल खरेल र गायिका समिक्षा अधिकारीको ‘ए सुवा’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
२० जेठ २०८० १४:२८

काठमाडौं। गायक गोकुल खरेल र गायिका समिक्षा अधिकारीको स्वर रहेको ‘ए सुवा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

सागर खरेलका शब्द सिर्जनामा गायक गोकुल र गायिका समिक्षा सलल बगेका छन् । लोकप्रिय संगीतकार दीपक शर्माको संगीत रहेको गीतमा इञ्जिनियर सागर खरेलको शब्द रहेको छ ।

उदय राज पौडेलको एरेन्ज रहेको सार्वजनिक गीतले सुदुरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमीकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा ।

ए सुवा मार्फत एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई कलात्मक रुपमा भिडियोमा निर्देशक उत्तम श्रेष्ठ शिशिरले प्रस्तुत गरेका छन् । मोडलद्धय समारिका ढकाल र जोन बमको अभिनय रहेको भिडियोमा प्रेममा रहेको प्रेमील जोडी गज्जबसँग खुलेको देखिन्छ। भिडियोमा समारिका र जोन गज्जबसँग खुलेका छन्।

कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका ४ का गायक गोकुल हाल व्यबसायको सिलसिलामा जापानको हिरोसिमामा रहेका छन् । युवा व्यबसायी समेत रहेका गायक गोकुल व्यबसायसँगसँगै नेपाली गीत संगीतमा रमिरहेका छन् ।

उनका यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइलगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो , भमरा, लगायतका १ दर्जन बढी गीत बजारमा आइसकेका छन् ।

उनका केही गीतहरु बजारमा आउने क्रममा रहेका छन् । सार्वजनिक भिडियो गायक गोकुलकै आफ्नै च्यानल आगमन म्यूजिकबाट बजारमा आएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *