आमा-बुबा बन्दै दुर्गा र अर्जुन
काठमाडौं। लामो समयदेखि चलचित्र तथा सुगम सङ्गीतमा चर्चा र लोकप्रियताको शिखरमा रहेका सङ्गीतकार अर्जुन पोखरेल र सफल चर्चित गायिका दुर्गा खरेल बुबा आमा बन्ने भएका छन्।
सङ्गीतकार पोखरेलले आफ्नो फेसबुक इन्स्टाग्राममा गायिका दुर्गा खरेल सँगको प्रेमील तस्बिरहरु सेयर गर्दै यो सुन्दर अनुभवको सुखद अनूभुति भनेर खुसी व्यक्त गरेका छन्। नेपाली गीत सङ्गीतमा अर्जुन र दुर्गालाई सफल र सरल सङ्गीतिक जोडीको रुपमा हेरिन्छ।
पोखरेल र खरेलका दर्जनौँ गीतहरु लोकप्रिय छन्, र यो जोडीको प्रेमिल तस्विरहरु नोर्लिङ रिसोर्टको मनोरम लोकेसनमा फोटोग्राफर महेश प्रधानले कैद गरेका हुन्।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment