युनिक नेपाल लघुवित्तको एफपीओ बिहीबार बाँडफाँड हुने

डिसी नेपाल
२३ जेठ २०८० १२:२४

काठमाडौँ। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ बिहीबार (जेठ २५ गते) बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बिहान ९ बजे आईपीओ बाँडफाँड हुने भएको हो।

कम्पनीको उक्त एफपीओमा १४ लाख ४ हजार ७ आवेदकबाट १ करोड ६३ लाख ३ हजार २० कित्ताको लागि आवेदन दिएका छन्। यस एफपीओमा माग भन्दा ४२.९६ गुण आवेदन परेको हुनाले गोलाप्रथामार्फत बाँडफाँट हुने भएको छ। जसमा ३७ हजार ९४२ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्ने छन् भने तिनै आवेदकमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

लघुवित्तले गत जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो। संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गरेको थियो।

यो एफपीओको नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, एफपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *