अवैध लागूऔषध गाँजासहित पक्राउ

डिसी नेपाल
२३ जेठ २०८० २२:५४

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ बाडभञ्जाङबाट अवैध लागूऔषध गाँजाको धुलो दुई किलोग्रामसहित धादिङ गजुरी  गाउँपालिका–८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२–०४१ प ५६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजाको धुलोसहित फेला पारी पक्राउ गरेको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *