आइएमई लाइफ इन्स्योरेन्सले पायो प्रिमियममा आईपीओ जारी गर्ने अनुमति
काठमाडौँ। नेपाल धितोपत्र बोर्डबाट आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्सकान गर्न अनुमति प्राप्त गरेको छ। बोर्डले यो कम्पनीलाई चुक्तापुँजीको ३० प्रतिशतबराबरको आईपीओ बिक्री खुला गर्न अनुमति प्रदान गरेको हो।
अनुमति प्राप्त गरेसँगै अब कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँ आईपीओ बिक्री खुला गर्नेछ।
कुल कित्तामध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ६ लाख कित्ता छुट्याएको छ। बाँकी १ करोड १४ लाख कित्तामा सर्वसाधारण (कर्मचारी र सामूहिक लगानी कोषसहित)ले आवेदन दिन पाउनेछन्।
यस आईपीओमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment