युनिलिभर नेपालसँगको सहकार्यमा हिमाली चुचुराबाट ३५ हजार किलो फोहोर संकलन

डिसी नेपाल
२४ जेठ २०८० १०:३१

काठमाडौँ। नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट ३५ हजार किलो फोहोर संकलन गरिएको छ। हालै पुरा भएको “सफा हिमाल अभियान २०२३” मार्फत हिमालहरूबाट फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो।

यस अभियान मार्फत हिमालबाट ३५,७०८ केजी फोहोर संकलन गरिएको थियो। स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानबाट सगरमाथा–ल्होत्से क्षेत्रबाट १३,६२१ किलो फोहोर र प्लास्टिक संकलन गर्न सफल भएको थियो भने अन्नपूर्णबाट ३,५६७ किलो र र बरुञ्चेबाट १८,५२० केजी गरी, जम्मा गरी ३५,७०८ केजी फोहोर यी क्षेत्रबाट हटाइयो।

यस कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक, श्री अमलान मुखर्जीले युनिलिभर नेपालले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेको र नेपाली सेनासँगको यस सहकार्यको प्रयासमा सहभागी हुन पाउँदा र दिगोपनका यी स्थायित्व पहलहरूमा धेरै अन्य समर्थकहरूको साथमा चेतना जगाउन पाउँदाकम्पनीले सम्मानित महसुस गरेको बताए।

जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यी महत्त्वपूर्ण चुचुराहरूको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई यी अभियानहरूद्वारा बढावा दिएको छ। वातावरणमा सुधार पार्ने यस्ता प्रयासहरूलाई समर्थन र कदर गर्नुपर्दछ भन्ने युनिलिभरको विश्वास रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *