सुनको मूल्य बढ्यो, चाँदी स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १२ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य स्थिर रहेको छ। मंगलबार प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भई रहेको चाँदी स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको छ।
प्रतिक्रिया
Facebook Comment