मेडिसिटी अस्पतालका कर्मचारीले गरे रकम हिनामिना, तीन जना पक्राउ

डिसी नेपाल
२४ जेठ २०८० १०:५८

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा कार्यरत तीन कर्मचारीले साढे दुई करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ । अस्पतालको विलिङ शाखामा कार्यरत तीन कर्मचारीले रकम हिनामिना गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्दा ठगी गरेको पाइएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरले अस्पतालको विलिङमा घोटाला गरेर दुई करोड ६३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा विलिङ शाखाका प्राविधिक प्रमुखसहित तीनजनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

प्रहरीले दोलखा घर भएर भक्तपुर ठिमी वस्ने अस्पतालमा कार्यकारी आईपी विलिङको रुपमा कार्यरत राघव सापकोटा, ललितपुर चापागाउँका सनम देशार र काठमाण्डौं वालुवाटारका आशिष अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गर्दा ठगी गरेको खुलेको थियो ।

प्रहरीका अनुसार नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा विलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरूले अस्पतालमा प्रयोग हुँदैं आएको शुक्र नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरी रकम ठगी गरेका थिए ।

प्रहरी अनुसन्धानमा उनीहरुले अस्पतालमा भर्ना भएका बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिएपनि कम शुल्क सफ्टवेयरमा इन्ट्री देखाएर रकम ठगी गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *