अप्पर लोहरेखोला हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति

डिसी नेपाल
२४ जेठ २०८० ११:५२
88
Shares

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले अप्पर लोहरेखोला हाइड्रोपावर कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको छ। बोर्डले कम्पनीलाई चुक्तापुँजीको ४९ प्रतिशत आईपीओ बिक्री खुला गर्ने अनुमति प्रदान गरेको हो।

अनुमति प्राप्त गरेसँगै अब कम्पनीले चुक्तापुँजीको ४९ प्रतिशतले हुन आउने ४ लाख ९८ हजार ४० कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २४ करोड ९८ लाख ४ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ।

कम्पनीले आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक र सर्वसाधारण आईपीओ बिक्री खुला गर्नेछ। यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *