७.२७ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ३० करोडमाथिको कारोबार
काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। बिहिबार नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९.६१ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०५ अंकले घटेर ३६४.४२ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७३ कम्पनीको ५९ लाख ६२ हजार ०९३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३० करोड ५८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज १० करोड २६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स र शिभम् सिमेन्टको कारोबार भएको छ।
बिहीबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ४ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा दोल्ती पावर कम्पनी र भूगोल इनर्जीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, रिभर फल्स पावर र खप्तर्ड लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment