सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२६ जेठ २०८० १०:४९

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला १ लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको सुन आज ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ३५ रुपैयाँले बढेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *