नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता, बैंकका ग्राहकले होटलमा विशेष छुट पाउने

डिसी नेपाल
२६ जेठ २०८० १५:१५
492
Shares

काठमाडौँ। नबिल बैंक र ल्याण्डमार्क होटल एन्ड रिसोर्टबीच छुट सम्बन्धी सम्झौता गरेको छ।  बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी  होटलसंग सम्झौता गरेको हो।

उक्त सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकले बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्नेछन्। हाल सम्म बैंकले २५५ शाखा मार्फत बैंकिंग सेवा प्रदान गर्दै आइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *