डा. राजेश आचार्यको स्मृतिमा जनचेतनामूलक प्रवचन

डिसी नेपाल
२८ जेठ २०८० ६:५३
20
Shares

काठमाडौं। राजेश मेमोरियल क्यान्सर रिलिफ फाउन्डेसनले संस्थाको चौथो वर्ष प्रवेशमा ‘स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम’ अन्तरगत क्यान्सर रोग विषयमा प्रवचनको आयोजना गर्‍याे।

शनिबार बिहान काठमाडौं बानेश्वरमा आयोजित कार्यक्रममा सिनियर जीआई सर्जन तथा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. सुनिलकुमार शर्मा ढकालले विभिन्न किसिमका क्यान्सरबारे चर्चा गरे।

प्रमुख अतिथि डा. शर्माले शरीरका विभिन्न भागमा हुने क्यान्सरका विषयमा बोल्दै हरेक नागरिकले यसतर्फ सचेत हुनुपर्ने र समयमै चिकित्सकसँग सल्लाह लिनुपर्ने बताए।

उनले निको हुनसक्ने क्यान्सर नेपालमै उपचार गरे पनि निको हुने र निको नहुने जुनै मुलुकमा गए पनि निको हुन नसक्ने बताए। उनले क्यान्सर हाम्रो दुश्मनका रूपमा उभिएको हुँदा यसबारे हरेकले बुझ्नुपर्ने, जानकारी राख्नुपर्नेमा जोड दिए।

हरेक मानिसले सकारात्मक सोच राख्नुपर्नेमा जोड दिँदै डा. शर्माले क्यान्सर रोगबारे प्रत्येक व्यक्तिले सचेत हुनुपर्ने बताए। उनले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, घाँटीको क्यान्सर, पाकस्थलीको क्यान्सर, आन्द्राको क्यान्सर, प्रोस्टेटको क्यान्सरबारे जानकारी दिए।

डा. शर्माले फाउन्डेसनले जनचेतनाका अभिवृद्धिकासाथै क्यान्सर स्कृनिङ जाँच शिविर संचालन गर्दै आएकोमा उक्त कामको प्रशंसा गरे।

कार्यक्रममा डा. राजेशका बालसखा तथा बागमती प्रदेशसभाका सांसद सुरजचन्द्र लामिछाने, फाउन्डेसनका अध्यक्ष जनार्दन आचार्य र विष्णुबहादुर सिलवालले फाउन्डेसनको गतिविधिबारे बोलेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *