गरिमा विकास बैंकको ३ लाख ८२ हजार ८९२.७७ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। गरिमा विकास बैंकको ३ लाख ८२ हजार ८९२.७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बिक्रीमा राखेको यस सेयरमा विद्यमान संस्थापकले मात्र खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई ३५ दिनभित्र काठमाडौँको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment