लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले लाभांश वितरण नगर्ने
काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले आफ्नो सेयरधनीहरुको लागि लाभांश नदिने भएको छ। शुक्रबार बसेको सञ्चालक समितिको १२५ औँ बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो।
अब कम्पनीले उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउनेछ। प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएसँगै कम्पनीले आगामी वार्षिक साधारणसभाबाट वित्तीय विवरण पारित गर्नेछ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment