पत्रकार पौडेलको दोहोरी गीत ‘पार्यौ बन्धकी’ बजारमा (भिडियो)
काठमाडौं। पत्रकार अमृत पौडेलको लोक दोहोरी गीत ‘पार्यौ बन्धकी’ बजारमा आएको छ। स्वः शेर बहादुर गुरुङको सहकार्यमा पत्रकार पौडेलको ‘सलल बग्यो गण्डकी’ बोलको दोहोरी गीत ‘लिरिकल भिडियो’ बजारमा आएको हो ।
गीतमा सदाबहार लोक दोहोरी गायक राजु परियार, शेर बहादुर गुरुङ, लक्ष्मी न्यौपाने र अमृत पौडेलको स्वर रहेको छ । लोकप्रिय एरेन्जर बिनोद बाजुरालीले एरेन्ज गरेको यो गीतको शब्दरसंगीत गीतकार श्रीराम पौडेल ‘निर्दोश’ले गरेका हुन् ।
१५ वर्ष अगाडि नमस्ते पोखरा रेकर्डिङ स्टुडियोमा रेर्कड भएको यो गीत विन्ध्यवासिनी म्युजिक प्रा.लि. मार्फत डिजिटल प्लेटफर्ममा आएको हो । पौडेलले धेरै वर्ष अगाडि प्रस्तुत यो गीत आफ्नो सहयात्री स्वर्गिय गुरुङप्रति समर्पित गरेको बताएका छन् ।
गीतमा, ‘तिम्ले धोका दियौ नि सानी, मेरो लासको मनाउनु बिहानी’, ‘मेटियोनी मायाको रेखी, तिमी आफैँ तर्कियौ म देखि’ जस्ता मर्मस्पर्शी शब्द रहेका छन् । पत्रकार पौडेल हाल नयाँ पुस्ता डटकममा प्रधान सम्पादकको रुपमा कार्यरत छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment