महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार ३९२ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। महालक्ष्मी विकास बैंकले ९ लाख ४७ हजार ३९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
बिक्रीमा राखिएको यस सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन्। संस्थापक सेयरधनीले यस सेयरमा ३५ दिन भित्र आवेदन दिईसक्नुपर्नेछ।
इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई काठमाडौँको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ।
यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम सेयर बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment