ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

डिसी नेपाल
३१ जेठ २०८० १०:५६
696
Shares

अर्घाखाँची। अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

जिल्लाको भूमिकास्थान नगरपालिका-७ किर्लुकमा रा १ त ४२९५ को ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थल मै मृत्यु भएको छ भने दुईजना घाइते भएको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए।

रेग्मीका अनुसार सन्धिखर्कबाट खिल्जीतर्फ जाँदै गरेको ट्याक्टर ब्रेक फेल भई सडक मै पल्टिएको थियो । दुर्घटनामा परि चालक ऐरावती गाउँपालिका-१ कोल्बोट, प्युठानका २७ वर्षीय कमल सोमै मगरको मृत्यु भएको हो भने सितगंगा नगरपालिका-७ दमारबेसी, अर्घाखाँचीका २३ वर्षीय कृष्ण आचार्य र प्युठान ऐरावती गाउँपालिका-१ बस्ने २२ वर्षीय माधव खत्री घाइते भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए।

घाइते आचार्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते दुई जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *