माधव नेपालको राजनीतिक बिल्लिबाठ

शक्तिहीन भएपछि नेकपा ब्युँताउने हुटहुटी

शरद रिजाल
३१ जेठ २०८० १२:५४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेताहरु लर्को लागेर एमालेमा फर्कन थालेपछि अध्यक्ष माधव नेपाल हतास देखिएका छन्।

नेकपा एमालेबाट विद्रोहको हवाला दिँदै नयाँ पार्टी गठन गर्न पुगेका उनी पछिल्लो समय पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न नसकेपछि कार्यकर्ताहरु लाखापाखा लाग्ने क्रम बढिरहेको छ।

एमालेबाट विभाजित हुँदा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चूडामणि जंगलीलगायतका नेताहरु पुरानै घरमा फर्किएपछि नेपाललाई कार्यकता जोगाउनै हम्मेहम्मे परेको छ।

नयाँ पार्टी गठन गरेको एक वर्ष नाघ्दा समेत पार्टी विभाजनको औचित्य पुष्टि गर्न असमर्थ बनेका छन्। सत्ताधारी गठबन्धनको बलमा १० सांसद जितेको उनको पार्टीले राष्ट्रिय दलको मान्यता पाउन समेत सकेन।

राजनीतिक रुपमा विषम परिस्थितिमा पुगेको उनको दलमा रहेका सिनियर नेता कार्यकर्ता मूल घरमा फर्कन सुरसार कसेपछि उनको होसहवास उडेको देखिन्छ।

पछिल्लो कार्यकर्ता पलायन रोक्न अध्यक्ष नेपालले नयाँ फण्डा सुरु गरेका छन्। आफैंले विभाजन गरेको नेकपा ब्युँताउने प्रस्ताव औपचारिक रुपमा उठाउन लागेका छन्।

२०७७ फागुन २३ मा सर्वोच्चले नेकपा नामक पार्टी अरु नै भएको बताउँदै तत्कालीन अवस्था नयाँ नाम लिएर पार्टी निर्वाचन आयोगमा दर्ता गर्न आदेश दिएको थियो।

माधव नेपालकै अकर्मण्यता र ओलीप्रतिको तिक्तताकै कारण जीवनको उत्तरार्धमा आफैंले १५ वर्ष नेतृत्व गरेको एमालेबाट अलग्गिने अवस्था आयो।यसको बिजारोपण माधब नेपालको ओली विरोधी कुण्ठाग्रस्त प्रवृत्तिको उपज हो। त्यसकै परिणति राजनीतिक संकटपूर्ण अवस्थामा झेल्दै नेकपा फेरि ब्युँताउने दिवास्वप्न देखिरहेका छन्।

२०७५ जेठ ५ गते माओवादी र एमालेबीचको एकतापछि नयाँ पार्टी गठन गर्दै राखिएको नाम नेकपा त्यस अगावै ऋषि कट्टेलको नाममा निर्वाचन आयोगमा पहिल्यै नै दर्ता भइसकेको थियो।

उनै कट्टेलले नेकपा नाममा आफ्नो दाबी कायम गराउन सर्वोच्चमा मुद्दा दाष्र गरेका थिए। सर्वोच्चले अन्ततः उनकै पक्षमा फैसला गर्यो र नेकपा विभाजित हुन पुग्यो।

सर्वोच्चले माओवादी र एमाले मिलेर संयुक्त रुपमा बनेको नेकपा नामक पार्टी नयाँ नाममा दर्ता गरेर प्राविधिक रुपमा एकता अक्षुण राख्न सकिने पर्याप्त आधार थियो। तथापि पार्टीमा राजनीतिक किचलोले चरम रुप लिएको अवस्थामा यो तत्काल सम्भव देखिएन।

अर्कोतिर नेकपा कब्जाको होडबाजी चलिरहेको उक्त समयमा पूर्ववत पार्टीमा संलग्न हुन पाउने अवस्थालाई एमालेजनले उचित अवसरको रुपमा लिए। एमाले कार्यकर्ताहरुले त नेकपामा चरम विवाद पछि पूर्ववत पार्टी नै यथावत् भएकोमा दिपावली सम्म गर्न पुगे ।

राजनीतिक अन्योलतामा रहेका तत्कालीन नेकपाका नेताहरु सर्वोच्चले नेकपा नाम परिवर्तन गर्न दिइएको आदेशले एमाले नेताहरुले आफ्नै पूर्ववत् पार्टीलाई पुर्नगठित गर्ने जमर्को गरे।

माओवादीका नेताहरु पनि विगतकै माओवादी केन्द्रमा फर्कन पुगे। तत्कालीन नेकपा दाबी गरेका पूर्ववत् पार्टीका नेताहरुलाई अन्तिममा आ आफ्नै पार्टी सुनिश्चित गर्नुपर्ने बाध्यात्मक अवस्था पैदा भएपछि पुरानै पार्टी ब्युँतिन पुगे।

यसले सबैभन्दा राजनीतिक संकटमा माधव नेपालको समूहलाई देखियो। उनीहरु एमाले अध्यक्ष केपी ओली सरकारको विरुद्धमा सडकमा आन्दोलन गर्न तैनाथ दिए।

सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर ओलीविरुद्ध मोर्चाबन्दी गर्दै नेकपा कब्जाको दाउमा रहेका नेपाललाई सर्वोच्चको कदमले राजनीतिक चरम संकटमा पुर्‍यायो।

उनी राजनीतिक रुपमा एमालेमै फर्कर्ने बाध्यात्मक अवस्था आयो। तर विगतको तिक्तताले सहजै एमालेमा आगमन हुने अवस्था रहेन। एमालेमै रहेपनि पार्टीमा सर्वेसर्वा देखिएका ओलीबाट किनाराकृत हुने निश्चित थियो।

उता अर्का अध्यक्ष रहेका दाहाल पुरानै पार्टीकै नेतृत्वमा फर्किए। तर माधव नेपालको राजनीतिक बिल्लिबाठको अवस्था आएपछि २० सांसद लिएर नयाँ पार्टी २०७८ भदौ ४ मा नयाँ पार्टी खोल्न पुगे।

यसरी माधव नेपालकै अकर्मण्यता र ओलीप्रतिको तिक्तताकै कारण जीवनको उत्तरार्धमा आफैंले १५ वर्ष नेतृत्व गरेको एमालेबाट अलग्गिने अवस्था आयो।यसको बिजारोपण माधब नेपालको ओली विरोधी कुण्ठाग्रस्त प्रवृत्तिको उपज हो। त्यसकै परिणति राजनीतिक संकटपूर्ण अवस्थामा झेल्दै नेकपा फेरि ब्युँताउने दिवास्वप्न देखिरहेका छन्।

एमालेले भर्खरै जारी गरेको अन्तरपार्टी निर्देशिका अनुसार ७० वर्षे उमेरहदको प्रावधान निलम्बन गर्ने निर्णय गरेको छ। यसले थप एकीकृत समाजवादी पार्टीका नेताहरुलाई एमालेमा आकर्षित गर्ने चर्चा सुरु भएको छ।

पार्टीका सम्मानित नेता रहेका झलनाथ खनाल समेत एमालेसँग एकताको पक्षमा रहेको सार्वजनिक रुपमा बताउँदै आएका छन्। उनले कांग्रेससँगको गठबन्धन भन्दा एमालेसँगैको वाम गठबँधन श्रेयष्कर हुने दावा गरिरहेका छन्।

खनाल पनि पार्टीमा पछिल्लो समय माधव नेपालको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन्। उनले गैरवामन्थीसँग माधव नेपालको बढ्दो हिमचिमले रुष्ट छन्।

माधव नेपाललाई हात समाएर नयाँ पार्टी गठनका लागि हौसाउँदै अघि बढेकी पार्टी सचिव रहेकी रामकुमारी झाक्रीले समेत उनको सार्वजनिक आलोचना गर्न थालेकी छन्।

यसले पनि कुनै समय माधव नेपालको ‘सबैले ओलीविरुद्ध लड्न उक्साएर अन्तिममा एक्लै छाठिदिए, पछि फर्केर हेर्दा साथ दिने कोही छैन’ भन्दै व्यक्त गरिएको निरीह अभिव्यक्ति अहिले आएर झनै चरितार्थ हुँदै गएको छ।

नेकपा विभाजनको सूत्रधार मध्येका अर्का तत्कालीन उपाध्यक्ष वामदेब गौतमकै नियति नेपालमा दोहोरिने खतरा रहेको छ। कुनै बेला नेपाली राजनीतिको हर्ताकर्ता मानिने वामदेब आजभोलि कार्यकताविहीनता बनेजस्तै नेपालको दूरावस्था त्यस्तै हुने राजनीतिका जानकारहरु बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *