स्लो बाइक प्रतिस्पर्धा सम्पन्न
काठमाडौं। राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं महानगर कमिटिले काठमाडौं हाँडीगाउँस्थित भत्केकोपुलमा स्लो बाइक प्रतिस्पर्धा सम्पन्न गरेको छ। बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण गर्ने मुल उद्देश्यले ‘स्लो राइट लङ लाइफ’ भन्ने मुल नाराका साथ प्रतिस्पर्धा आयोजना गरिएको हो।
१८० प्रतिस्पर्धीहरूको सहभागीता रहेको प्रतिस्पर्धामा राजकुमार कार्की प्रथम, सुजार तामाङ द्वितीय र चन्द्रमान तामाङ तृतीय भएका छन्। प्रथम हुनेले ३२ हजार त्यस्तै द्वितीयले २० हजार र तृतीयले १० हजार नगद राशी र प्रमाणपत्र पुरस्कार पाएका छन्।
कार्यक्रमको अध्यक्षता महानगर अध्यक्षता महानगर अध्यक्ष दिपेश सुधाकार तथा प्रमुख अतिथि युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे रहेका थिए।
राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं महानगर कमिटिद्वारा आयोजित स्लो बाइक कम्पिटिसन हाडिगाउँ स्थित भत्केपुलमा आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि थेवेले स्लो राइट पनि ट्राफिक नियम भएको बताए। कार्यक्रमबाट आफूले प्रेरणा पाएको भन्दै उनले हाइस्पिटले धेरै युवाहरूको ज्यान गइहेको बताए।
यो कार्यक्रम मनोरञ्जन र माइन्ड गेम दुबै भएको बताए। युवा संघले युवालाई मुख्य केन्द्रमा राखेर अघि बढेको भन्दै विगतमा पनि युवाका लागि युवा संघले धेरै काम गरेको स्मरण गरे।

बढ्दै गएको गाडिहरूको दुर्गटना न्यूनिकरण ,समय भन्दा १५ मिनेट अगाडि गन्तव्यमा पुग्न पर्ने भन्ने मूल नाराका साथ आजको कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य कमरेड रामेश्वर फुयाल, काठमाडौं पार्टी जिल्ला सचिव राजेश शाक्य, महानगर अध्यक्ष कमरेड निर्मल देउला, अतिथि राष्ट्रिय युवा संघ नेपाल उपाध्यक्ष कमरेड सिता सुवेदी ,केन्द्रीय सचिव खेमराज शर्मा, काठमाडौं महानगर साइबर सर्कल प्रमुख अजित कुमार लामा, युथ फोर्स प्रमुख अमित पौडेल, प्रेस चौतारी काठमाडौंका सचिव लक्ष्मण शर्मा र विभिन्न तह अतिथिहरूको सहभागिता रहेको युवा संघका प्रवक्ता निरज पाैडेलले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment