विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बाब्वेविरुद्ध पहिले ब्याटिङ गर्ने

डिसी नेपाल
३ असार २०८० १२:२८

काठमाडौं । विश्वकप छनोटका खेलहरु आजदेखि जिम्बाब्वेमा सुरु हुँदैछन् । पहिलो खेल नेपाल र जिम्बाब्वेबीच हुँदैछ । यो खेलमा आयोजक जिम्बाब्वेले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

जिम्बाब्वेको हारारे स्पोर्टस क्लवमा हुने यो खेलमा नेपाल उच्च मनोबलसहित मैदानमा उत्रिनेछ । नेपालले पछिल्लो समय खेलेका १७ अन्तर्राष्ट्रिय खेलहरुमध्ये १६ वटा जितेको हुँदा उच्च मनोबलसहित मैदानमा उत्रिने अपेक्षा गरिएको छ । विश्वकप लिग २ मा १२ मध्ये ११ खेल जितेर विश्वकप छनोटमा पुगेको र त्यसपछि एसीसी छनोट प्रतियोगिताको उपाधि जितेर एसिया कपमा पुगेको नेपालको मनोबल उच्च छ ।

विश्वकप छनोटमा कूल १० टिमले प्रतिस्पर्धा गर्दैछन् । यीमध्ये शीर्ष १ टोली मात्र विश्वकपमा जान पाउनेछन् । यो छनोट खेलमा नेपालको समूहमा जिम्बाब्वे, वेष्ट इण्डिज, अमेरिका र नेदरल्याण्ड छन् । समूह चरणका शीर्ष ३ टोली सुपर सिक्समा जानेछन् र त्यसपछि अंक तालिकाका शीर्ष २ टोली विश्वकपमा जानेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *