विश्वकप छनोट : पहिलो पावरप्ले सकियो, नेपालले १० ओभरमा विकेट नगुमाइ ४५ रन बनायो

डिसी नेपाल
३ असार २०८० १३:२८

काठमाडौं । विश्वकप छनोटको पहिलो खेलमा आज नेपालले जिम्बाब्वेविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । हारारे स्पोर्टस क्लवमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पहिलो पावरप्ले अर्थात सुरुवाती १० ओभरमा कुनै विकेट नगुमाइ खेलेको छ ।

पहिलो १० ओभरमा नेपालले कुनै विकेट नगुमाइ ४५ रन बनाएको छ । नेपालका लागि ओपनरहरु कुशल भुर्तेलले २९ रन बनाएका छन् भने अर्का ओपनर आसिफ शेखले १३ रन बनाएका छन् । नेपालका ओपनरबाट भएको राम्रो साझेदारीले नेपाली फ्यानले ठूलो स्कोरको अपेक्षा गरेका छन् ।

विश्वकप छनोटमा कूल १० टिमले प्रतिस्पर्धा गर्दैछन् । यीमध्ये शीर्ष १ टोली मात्र विश्वकपमा जान पाउनेछन् । यो छनोट खेलमा नेपालको समूहमा जिम्बाब्वे, वेष्ट इण्डिज, अमेरिका र नेदरल्याण्ड छन् । समूह चरणका शीर्ष ३ टोली सुपर सिक्समा जानेछन् र त्यसपछि अंक तालिकाका शीर्ष २ टोली विश्वकपमा जानेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *