विश्वकप छनोट : आसिफ शेखको पनि अर्धशतक

डिसी नेपाल
३ असार २०८० १४:३१

काठमाडौं । विश्वकप छनोटको पहिलो खेलमा आज जिम्बाब्वेविरुद्ध नेपालका अर्का ओपनर आसिफ शेखले पनि अर्धशतक बनाएका छन् । शेखले ८२ बल खेलेर अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ५ चौका प्रहार गरे ।

आजको खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ । हारारे स्पोर्टस क्लवमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरको खेल सकिँदासम्म कुनै विकेट नगुमाइ १५४ रन बनाएको छ ।

नेपालका लागि ओपनरहरु कुशल भुर्तेलले ९२ रन बनाएका छन् भने अर्का ओपनर आसिफ शेखले ५५ रन बनाएका छन् । नेपालका ओपनरबाट भएको राम्रो साझेदारीले नेपाली फ्यानले ठूलो स्कोरको अपेक्षा गरेका छन् ।

विश्वकप छनोटमा कूल १० टिमले प्रतिस्पर्धा गर्दैछन् । यीमध्ये शीर्ष २ टोली मात्र विश्वकपमा जान पाउनेछन् । यो छनोट खेलमा नेपालको समूहमा जिम्बाब्वे, वेष्ट इण्डिज, अमेरिका र नेदरल्याण्ड छन् । समूह चरणका शीर्ष ३ टोली सुपर सिक्समा जानेछन् र त्यसपछि अंक तालिकाका शीर्ष २ टोली विश्वकपमा जानेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *