आसिफ र कुशलले नेपालका लागि सबैभन्दा ठूलो साझेदारीको रेकर्ड बनाए

डिसी नेपाल
३ असार २०८० १४:३७

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपालको एकदिवसीय क्रिकेटमा रेकर्ड बनाएका छन् । उनीहरुले यसअघि ज्ञानेन्द्र मल्ल र आसिफ शेखको रेकर्ड तोडेका छन् ।

उनीहरुले नेपालको लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो साझेदारीको नयाँ रेकर्ड बनाएका हुन् । यसअघि ज्ञानेन्द्र र आसिफले नामिबियाविरुद्ध १३९ रनको साझेदारी गरेका थिए ।

कुशल र आसिफले यो समाचार तयार पार्दासम्म १६४ रनको साझेदारी गरिसकेका छन् । उनीहरु दुवै नटआउट भएकोले यो साझेदारी अझै माथिसम्म जान सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *