नेपालले जिम्बाब्वेलाई २९१ रनको लक्ष्य दियो

डिसी नेपाल
३ असार २०८० १६:२३

काठमाडौं । विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले जिम्बाब्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो ।

नेपालका लागि ओपनरहरू कुशल भुर्तेल र आसिफ शेखले किर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । कुशल शतक पूरा गर्नबाट १ रनले चुके ।

कुशल जिम्बाव्वेका वेलिङटन मसाकान्डाको हातबाट ९९ रनको स्कोरमा बोल्ड भए । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै आसिफ शेखले ६६ रन बनाए । आसिफ पनि वेलिङटन मसाकान्डाकै बलमा बलमा रायन बुर्लको हातबाट क्याच आउट भए ।

कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् ।

जिम्बाव्वेका रिचर्ड एंगरभाले ४ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *