विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित

डिसी नेपाल
३ असार २०८० २०:०७

काठमाडौं। नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको छ। जिम्बावेमा आइतबार भएको खेलमा कमजोर बलिङ गरेपछि नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो।

जितका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। जिम्बावेका लागि कप्तान क्रेइज इर्भाइन र सेन विलियम्सले अविजित सतकीय इनिङ्स खेले।

एक सय २१ रन बनाएका क्रेइजले एक सय २८ बलमा १५ चौका र एक छक्काको सहयोगमा उक्त रन जोडेका हुन्। सेन विलियम्सले एक सय दुई रन बनाए। विस्ली म्याडहेब्रेले ३२ र ओपनर जोयलर्ड गुम्बेईले २५ रन जोडे। बलिङमा नेपालका सोमपाल कामी र गुलसन झाले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९० रन बनाएको थियो । ननेपालका लागि ओपनरहरू कुशल भुर्तेल र आसिफ शेखले किर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । कुशल शतक पूरा गर्नबाट १ रनले चुके ।

कुशल जिम्बाव्वेका वेलिङटन मसाकान्डाको हातबाट ९९ रनको स्कोरमा बोल्ड भए । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे । यस्तै आसिफ शेखले ६६ रन बनाए । आसिफ पनि वेलिङटन मसाकान्डाकै बलमा बलमा रायन बुर्लको हातबाट क्याच आउट भए । कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । जिम्बाव्वेका रिचर्ड एंगरभाले ४ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *