नेपालले मल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा
काठमाडौँ। माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ।
माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अंकले पराजित गर्दै विजयी हासिल गरेको हो। नेपालको यो तेस्रो जित हो। पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि लगातार पाकिस्तान र बंगलादेशलाई हराएको थियो।
यस जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो। ४ खेलमा ७ अंक जोड्दै नेपाल शीर्षस्थान रह्यो। समान अंकका साथ पाकिस्तान दोस्रो स्थानमा रह्यो।
यसैगरी समान ६ अंकका साथ बंगलादेश तेस्रो र भुटान चौथो स्थानमा रह्यो। ४ अंक जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ। शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन्। प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment