भ्याली फुटसल च्याम्पियनसिप प्रतियोगिता हुँदै

डिसी नेपाल
४ असार २०८० १०:१२

काठमाडौं।काठमाडौं। भ्याली फुटसल च्याम्पियनसिप २०२३ फुटबल प्रतियोगिता असार १४ देखि २३ गतेसम्म आयोजना हुने भएको छ। राष्ट्रिय युवा संघ नेपालले असार ११गते सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा उपत्यका का २२४ वडा बाट खेलमा सहभागी हुने जनाएको छ।

टीम दर्ताका लागि १३ गतेसम्मको समय तोकिएको छ। यस प्रतियोगितामा ‘ए डिभिजन’ टीमहरू तथा स्वदेशी खेलाडी जुन पालिकामा आफ्नो मताधिकार छ ती सबै सहभागिता रहने छ। राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले कपको मुख्य उद्देश्य नेपाली फुटबलको व्यवसायिक प्रवर्द्धनमा योगदान गर्नु र यसका माध्यमबाट आम नागरिक, संघ संस्था तथा राजनितीक दलहरूलाई प्रेरित गर्ने बताएका छन्।

प्रतियोगिताको विजेता टीमले २ लाख, उपविजेताले १ लाख, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलरक्षकलाई १० हजार र फाइनल खेल्न आउने प्रत्यक पालिका बाट जितेर आउने २१ वटै पालिका बाट टिम तयारी स्वरुप खेलका विजेताले १० हजार नगद प्राप्त गर्ने युवा संघका प्रवक्ता निराेज पाैडेलले जानकारी दिए।

यो प्रतियोगिता को आयोजना र सम्पुर्ण व्यवस्थापनको जिम्मा संधका खेलकुद बिभाग प्रमुख सम्पन्न श्रेष्ठलाइ संघले जिम्मेवारी दिएको छ।

राष्ट्रिय युवा संघले रचनात्मक र खबरदारी कार्यक्रम ब्यापक रुपमा गर्दै आइरहेको देखिन्छ,संगठन ले भर्खरै केपी ओली कप खेल समापन गरिसकेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *