आदिपुरुषको प्रदर्शन नेपालभरी नै रोक्ने फिल्म वितरक कम्पनीको निर्णय

डिसी नेपाल
४ असार २०८० १२:३२
5.6k
Shares

काठमाडौं। आदिपुरुष फिल्मको प्रदर्शन नेपालभरी नै रोकिने भएको छ। फिल्म वितरक कम्पनी ब्यांकटेस फिल्म्सले आदिपुरुषको प्रदर्शन सोमबारदेखि देशैभरी रोक्ने निर्णय गरेको हो।

वितरक कम्पनीका निर्देशक मनोज राठीका अनुसार काठमाडौंका सिनेमाघर संचालकहरुले काठमाडौं महानगरपालिकाको आधिकारिक पत्र बिना नै फिल्म प्रदर्शन रोक्ने निर्णय गरेपछि यसप्रति आपत्ति जनाउँदै कम्पनीले देशैभरी फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेको हो।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनपछि काठमाडौंमा यो फिल्मको प्रदर्शन रोकिएको थियो। साथसाथै पोखरा महानगरपालिका, धरान उपमहानगरपालिका लगायत केही अन्य स्थानीय तहले पनि फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *