सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेललाई पुत्रीलाभ

डिसी नेपाल
४ असार २०८० १५:३९
1.7k
Shares

काठमाडौं । चल्तीका संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल मातापिता बनेका छन् । उनीहरूलाई पुत्री लाभ भएको छ । सोमबार टोखाको ग्रान्डी हस्पिटलमा बिहान ९ बजे गायिका खरेलले छिरी जन्माएको अर्जुन पोखरेल निकट स्रोतले जानकारी दिएको छ ।

सङ्गीतकार अर्जुन पोखरेल स्वयंले पनि आफ्नो फेसबुक इन्स्टाग्राममा आफूलाई पुत्री लाभ भएको खबर फोटो सहित साझा गरेका छन् । आज इन्टरनेसनल फादर्स डेको दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरेँ । यो अवसरको लागि मेरी प्यारी जीवन संगिनी दुर्गा खरेललाई धन्यवाद र मामु बनेकोमा बधाई दिन चाहान्छु ।

हाम्री प्यारी छोरी (अदिरा) लाई यो संसारमा स्वागत गर्दछौँ साथै डा. चेतना श्रेष्ठ, डा. भोला रिजाल, डा. पदमराज पन्त, डा. कमल थापा डा. निलम सुवेदी नर्स उषा सिस, नर्स सर्मिला जी, सविता जी लगायत सम्पूर्ण सहयोगी हातहरुप्रति आभार प्रकट गर्दछौँ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *