विश्वकप छनोटः श्रीलंका र ओमान विजयी

डिसी नेपाल
४ असार २०८० २१:१७

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको आज भएको समूह बी को खेलमा श्रीलंका र ओमान विजयी भएका छन् । जिम्बाब्वेमा भएको खेलमा श्रीलंकाले यूएईलाई १७५ रनले पराजित गर्‍यो भने ओमानले आयरल्याण्डलाई ५ विकेटले हरायो ।

श्रीलंकाले दिएको ३५६ रनको लक्ष्य पछ्याएको युएईले ३९ ओभरमा सबै विकेट गुमाएर मात्र १८० रन बनायो । श्रीलंकाका वानिन्दु हसरंगाको स्पीन बलिङको अगाडी युएईका ब्याटर धरासायी भए । उनले ८ ओभर बलिङ गरेर २४ रन खर्चेर ६ विकेट लिए । युएईका कप्तान मुहम्मद वासिम र वृत्य अरविन्दले समान ३९ रन बनाए । यस्तै अलि नासिरले ३४ रन तथा रमिज शाहजादले २६ रन बनाए ।

यसैगरि आजै भएको अर्को खेलमा ओमानले आयरल्याण्डलाई ५ विकेटले हरायो । आयरल्याण्डले दिएको २८२ रनको लक्ष्य ओमानले ११ बल बाँकी छदैँ ५ विकेट गुमाएर पुरा गर्‍यो । ओमानका लागि कश्यप प्रजापतिले सर्वाधिक ७२ रन बनाए । यस्तै कप्तान जिशन मक्शुदले ५९ तथा अकिब इल्यासले ५२ रन बनाए । आयरल्याण्डका जोश लिटल र मार्क एडेरले समान २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *