एनआरएनए युएईको निर्वाचन संयोजकमा रमेश श्रेष्ठ

डिसी नेपाल
५ असार २०८० ८:३३

युएई। गैरआवासीय नेपाली संघ एनआरएनए युएईको आइतबार दुबईको अल रायन होटलमा बसेको राष्ट्रिय समन्वय परिषद् बैठकले सर्वसम्मतले निर्वाचन समिति गठन गरेको छ।

आगामी २०२३-२५ कार्यकालको निर्वाचनको लागि निर्वाचन समितिको संयोजकमा संघका पूर्वअध्यक्ष एबं हालका प्रमुख संरक्षक रमेश श्रेष्ठलाई नियुक्ति गरिएको हाे।

समितिका अन्य सदस्यहरुमा एनआरएनए युएईका पूर्वअध्यक्ष सुदीप कार्की र एनआरएनए युएईका पूर्वमहासचिव एवं बोर्ड मेम्बर कृष्ण पौडेल रहेका छन्। उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना र महासचिव दीपक खड्काले निर्वाचन प्रमुख रमेश श्रेष्ठलाई पत्र हस्तांतरण गरेका छन्।

गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ढुंगानाले एनसिसि बैठकले संघको २०२३-२५ कार्यकालको अधिवेसनका लागी निर्वाचन समिती गठन गरिएको बताए ।

संघका अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा बसेको उक्त बैठकले सदस्यता आबेदनको अन्तिम मिति जुन २६ सम्म निर्धारण गरेको छ भने संघको अधिवेशन र संघको २०२३-२५ को कार्यसमितीको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने निर्णय गरेको छ।

एनआरएनए युएईले निर्वाचन समिती गठन गरि निर्वाचन संयोजकमा रमेश श्रेष्ठलाई जिम्मेवारी दिएपछि पूर्वअध्यक्ष श्रेष्ठले आफूलाई योग्य सम्झी उक्त जिम्मेवारी दिएकोमा एनआरएनए एनसिसि युएईको कार्यसमितिलाई धन्यवाद ब्यक्त गर्दै निस्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउने बताए।

पूर्वअध्यक्ष श्रेष्ठलाई निर्वाचन प्रमुखको जिम्मेवारी दिएकोमा एनआरएनए युएईका कार्यसमिती र युएईमा रहेका अन्य नेपाली संघ संस्थाहरु पनि योग्य ब्यक्तिलाई उपयुक्त जिम्मेवारी दिएकोमा खुशी रहेका छन्।

पूर्वअध्यक्ष श्रेष्ठले आफू अध्यक्ष भएको बेला एनआरएनए युएईलाई तेहिको कानुन अनुसार नेपाल एसोसियसनको नाममा दर्ता गराएका थिए । हाल एनआरएनए युएई र नेपाल एसोसियसन एउटै संस्था बनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *