विश्वकप छनोट : नेपालले दोस्रो ओभरमै २ विकेट लियो

डिसी नेपाल
५ असार २०८० १३:००

काठमाडौं । आइसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले दोस्रो ओभरमै सफलता पाएको छ ।

दोस्रो ओभरको पाँचौं बलमा करण केसीले अमेरिकाका स्टिभन टेलरलाई एलबीडब्लु आउट गरे । लगत्तै ओभरको अन्तिम बलमा उनले साइतेजा मुकामल्लालाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग पराजित भएको थियो । ५ टिम भएको समूहका शीर्ष ३ टिम सुपर सिक्समा सिक्समा जाने भएकोले नेपालले आजको खेल जित्नै पर्ने दबाब छ ।

अमेरिकाले पनि यसअघि आफ्नो पहिलो खेल वेष्ट इण्डिजसँग हारेको छ त्यसैले अमेरिका पनि दबाबमा छ । नेपाल भएको समूह एमा जिम्बाब्वे, अमेरिका, वेष्ट इण्डिज र नेदरल्याण्ड छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *