पुरुष भलिबलमा नेपाल इरानसँग पराजित

डिसी नेपाल
५ असार २०८० २०:२७

काठमाडौं । कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

इरानले नेपाललाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ तथा तेस्रो सेट २५–२२ ले पराजित गर्यो । जारी प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक कीर्गिस्तानसँग पराजित भएको थियो । अब नेपालले आफनो चौँथो खेलमा बिहीबार तुर्किमिनिस्तानसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *