साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल-कुवेत भिड्दै

डिसी नेपाल
६ असार २०८० ८:३९
636
Shares

काठमाडौं। साफ च्याम्पियनसिपको उदघाटन खेलमा आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ।

आज भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो। साे खेल दिउँसाे ३ः४५ बजेबाट सुरू हुनेछ। कुबेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भाग लिन लागेको हो।

आमन्त्रित टिमको रुपमा साफमा सहभागी हुन लागेको कुवेतसँग नेपालले आज आफनो जीत दर्ज गराउने उद्देश्यका साथ मैदानमा उत्रँदैछ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले छोटो तयारीका बीचमा प्रतियोगितामा सामेल हुन लागेको नेपाली टिमले कठिन चुनौतीको सामना गर्न सक्षम रहेको बताएका छन्।

गत वर्ष मात्रै एसियन कपको छनोटमा कुवेतसँग नेपाल ४-१ गोलले पराजय भएको थियो। यससँगै नेपाल र कुवेतका बीचमा ५ खेल भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *