सत्ता समीकरण फेरबदलको संकेत

एमालेसँग मिलेर शेखर काेइरालालाई प्रधानमन्त्री बनाउने कांग्रेसको तयारी !

माओवादीलाई फेरि एमालेको आश

शरद रिजाल
११ असार २०८० १०:२२

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्पमा नयाँ समीकरण बनाउन दलहरुको चलखेल सुरु भएको छ।

सरकारमा सहभागी दलहरुबीच असन्तुष्टि बढ्दै जाँदा सत्ता गठबन्धनकै प्रमुख घटक कांग्रेसकै सक्रियतामा वर्तमान सरकारको विकल्प खोज्न थालिएको हो ।

सरकारमा सहभागी गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसकै अग्रसरतामा एमाले सहितको नयाँ समीकरण बनाउन दलहरु आन्तरिक छलफलमा जुटिरहेका छन् ।

सदनमा पेश गरिएको आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकमा सत्ता गठबन्धनमै असन्तुष्टि प्रकट भइरहँदा वर्तमान दाहाल सरकारलाई विस्थापित गदै प्रतिपक्षी एमाले र कांग्रेस नयाँ समीकरण बनाउने आन्तरिक गृहकार्यमा जुटेका छन्।

सत्ता समीकरण परिवर्तन मात्रै नभइ संविधान संशोधन नै गर्ने विषयमा दलहरुबीच अनौपचारिक छलफल भइरहेको छ। विशेष गरी संविधान संशोधनमार्फत नेपाललाई हिन्दू राज्य बनाउने विषयमा सकारात्मक छलफल भइरहेको स्रोतले जनाएको छ।

पछिल्लो समय एमाले कांग्रेस सत्ता सहकार्य गर्नुपर्ने दुबै पार्टीका युवा नेताहरुले सार्वजनिक रुपमा बताउँदै आएका छन्। राजनीतिक स्थिरता कायम गर्न दुई ठूला पार्टी मिल्नुपर्ने उनीहरुको तर्क छ।

देउवामाथि पश्चिमा मुलुकले हिन्दु राष्ट्र नबनाउन  दबाव दिने भएकाले कांग्रेस-एमाले नेतृत्वमा सरकार गठन भएको अवस्थामा डा. शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने गरि सहमतिको प्रयास भइरहेको छ।

वर्तमान सरकारमा सहभागी कांग्रेसले नै वर्तमान सरकारको विकल्पका लागि एमालेसँग सहकार्यको प्रस्ताव अघि सारेको स्रोतले जनाएको छ। एमालेका नेताहरु कांग्रेससँग सत्ता सहकार्य गर्न सहमत भएको स्रोतको दाबी छ।

कांग्रेसभित्र बदलिएको आन्तरिक समीकरणले पनि नया समीकरण बनाउन मद्दत पुर्‍याउने जानकारहरुले बताएका छन्। १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग पराजित भएका प्रभावशाली नेता शेखर कोइरालाको सम्बन्ध अहिले सुमधुर छ।

पछिल्लो समय एक अर्कासँग निकट भएका नेताद्वय कोइराला र देउवाबीच पार्टीभित्र आगामी दिनमा सहकार्य गर्ने आन्तरिक सहमति भएको बताइन्छ। सरकारको नेतृत्व गर्ने अवस्था आए कोइरालालाई नेतृत्व छाड्न सभापति देउवा तयार रहेको कांग्रेस स्रोत बताउँछ।

स्रोतका अनुसार समीकरण परिवर्तन भएर पुन देउवा नै प्रधानमन्त्री हुँदा नेपालमा हिन्दु राष्ट्र कायम गर्न नसकिने दक्षिणी छिमेकी भारतको बुझाइ छ।

देउवामाथि पश्चिमा मुलुकले हिन्दु राष्ट्र बनाउन नदिन दबाव दिने भएकाले कांग्रेस-एमाले नेतृत्वमा सरकार गठन भएको अवस्थामा डा. शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने गरि सहमतिको प्रयास भइरहेको छ।

शेखर प्रधानमन्त्री बनेको अवस्थामा पार्टी संचालनमा शेखरले देउवालाई सहयोग गर्ने, शेखरले सहयोग गर्दा देउवा पक्षमा प्रचण्ड बहुमत पुग्ने भन्दै देउवालाई आश्वस्त पार्ने काम भएको छ, जसमा देउवा सकारात्मक रहेको स्रोतको दाबी छ।

सभापति देउवाले नेता कोइरालालाई प्रधानमन्त्री बनाउन सहमत रहेको जनाएपछि कांग्रेसका नेताहरुको गठबन्धन विरोधी अभिव्यक्ति कोइराला टिकमै महामन्त्री गगन थापा मार्फत आएको बताइन्छ ।

कांग्रेस सभापति देउवा हाल उपचारको क्रममा सिंगापुरमा रहेका छन् । त्यहाँबाट राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने गरि विभिन्न शक्तिकेन्द्रसँग छलफल चलाइरहेको बताइएको छ । उनी नेपाल फर्किए लगत्तै नयाँ समीकरणको पक्षमा माहौल बन्ने स्रोतको दाबी छ ।

फेरि एमालेको सहयोगमा सरकार टिकाउने माओवादीको अपेक्षा

कांग्रेसले एमालेसँग सहकार्यको प्रस्ताव अघि सारेको सुँइको पाएपछि सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले पनि एमालेसँग पुनःसहकार्य गर्ने अभिप्रायले छलफल अघि बढाएको बताइएको छ ।

यसका लागि माओवादी केन्द्रका उपमहासचिव रहेका प्रभावशाली नेता वर्षमान पुन लगायतका नेताहरुले सक्रियता बढाएको स्रोत बताउँछ । लामो समय चीनमा उपचार गराएर फर्किएका पुन सुरुदेखि नै एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने पक्षमा पार्टीमा अडान राख्ने नेता हुन्।

उनको अनुपस्थितिमा माओवादी कांग्रेसको पुराने गठबन्धन ब्यूँतिएको बताइन्छ। चीनमा लामो उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरेका पुनले अहिले राजनीतिक सक्रियता बढाएका छन्। उनकै पहलमा एमालेसँग सहकार्यको प्रसताव अघि बढेको माओवादी स्रोत बताउँछ।

यद्यपि एमाले तत्कालै माओवादी केन्द्रलाई विश्वास गर्ने पर्याप्त आधार नभएको बताउँदै सहकार्य नगर्ने अडानमा कायमै रहेको बताइन्छ।

एमालेका नेताहरुले केही समय अघि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रपति निर्वाचनको क्रममा पाएको धोखाले विश्वस्त हुन सकेका छैनन्। आगामी दिनमा फेरि सोही प्रवृत्ति दोहोरिने भयले एमाले माओवादीसँग सहकार्य गर्ने पक्षमा अनुदार रहेको छ।

माओवादीबाट पटक पटक पाएको धोखा र विगतको तिक्तता दुबै पार्टीमा कायमै रहेकाले फेरि सहकार्यको सम्भावना न्यून रहेको एमाले स्रोत बताउँछ।

हेर्नुहोस् भिडियो:

याे पनि पढ्नुस्

देउवाको सिंगापुर डिलिङ, दाहाल सशंकित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *