बजेटप्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दै

डिसी नेपाल
१३ असार २०८० १०:०१
140
Shares

काठमाडौं। बजेटप्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दैछ। प्रतिनिधिसभा बैठक सुरु हुनु अघि असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्न लागेको हो।

जसअनुसार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन्।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेट पारित गराउन ह्विप जारी गरे पनि सत्तारुढ चार दलले भने असन्तुष्टी जनाउँदै आएका छन्। उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नदिने यस अघि सार्बजनिक रुपमा धारणा राख्दै आएका थिए।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बुधवार बिहान बस्ने बैठक पछि मात्रै धारणा बनाउने जानकारी दिए। बुधवारकाे बैठकवाट बजेट पारित गर्ने तयारी सरकारले गरेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *